बेलायतले फाइजर कम्पनीले आविस्कार गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको छ ।
बेलायतको नियामक निकाय एमएचआरएले फाइजर/बायोएन्टेक कम्पनीले बनाएको खोप कोरोना भाइरसको उपचारमा ९५ प्रतिशत सुरक्षित रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको हो ।
बेलायतमाद अनुमति पाएसँगै अब केही दिनमा नै कोरोना भाइरसका विरामीका लागि यो खोप लगाउन सुरु गरिनेछ । बेलायतले यसअघि नै कोरोना खोपको चार करोड डोजका लागि अर्डर दिइसकेको छ ।
हरेक व्यक्तिलाई खोपको दुई मात्रा दिइने भएकाले २ करोड ५० लाख बेलायती नागरिकले खोप पाउनेछन् ।
१० महिनामा नै बनाएको यो खोप संसारकै सबैभन्दा छिटो निर्माण भएको प्रभावकारी खोप मानिएको छ । सामान्य रुपमा यस प्रकारको खोप विकास गर्न एक दशकसम्म लाग्नेगर्छ ।
विज्ञहरुले भने कोरोनाविरुद्धको खोपका बाबजुद संक्रमणबाट जोगिनका लागि सामाजिक दुरीको नियम पालना गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७ १३:४१