कोभिडका कारण नियमित पढाइ बन्द भएको ५ महिना बित्नै लाग्दा पनि सरकारले पठनपाठनलाई व्यवस्थित गर्न प्रभावकारी कदम चालेको छैन ।
सरोकारवाला निकायबाट स्पष्ट निर्देशन नआउँदा विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढाइ प्रभावित भएका छ ।
सबै तहका गरी ८० लाख विद्यार्थी र अभिभावक मर्कामा परेका छन् ।
यही अन्योललाई कसरी पार लगाउने भनेर जुटिरहेको दाबी शिक्षा मन्त्रालयले गरे पनि परिणाम देखिएको छैन । पढाइ व्यवस्थित हुन नसक्दा सरकारले विद्यालय शिक्षक, कर्मचारी तथा विद्यार्थीको पाठ्यपुस्तकलगायत क्षेत्रमा गरेको अर्बौँ लगानी सदुपयोग हुन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७ ११:२८