भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न तनावका कारण दुई देशबीच व्यापारिक देखि हरेक क्षेत्रमा समस्या सिर्जना भएको छ ।
सन् १९६२ मा पनि यस्तै घटना भएको थियो । अचानक त्यसबेला पनि यसरी नै दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएर भारतीय–चिनियाँ भाइ–भाइ को नारा भारतीय–चिनियाँ बाई बाईमा रुपान्तरण भएको थियो ।
यो समयमा भारतका चर्चित व्यापारी रतन टाटाको विवाह त्यसै समयमा हुनेवाला थियो । हालै उनले दिएको एक अन्तर्वार्तामा भारत र चीनबीच १९६२ को युद्धका कारण आफ्नो विवाह रोकिएको प्रसंग उठाएका छन् ।
उनी त्यसबेला अमेरिकाको लस एन्जलसमा थिए र एक चिनियाँ युवतीसँग उनी सम्बन्धमा थिए । उनीहरु दुवै जना विवाहको तयारीमा रहेपनि भारत र चीनबीच अचानक सुरु भएको युद्धले उनीहरुको विवाह हुन सकेन ।
रतन टाटा भन्छन्, ‘म लस एन्जलसमा थिए र प्रेममा परेको थिएँ । हाम्रो विवाह करिब निश्चित थियो । त्यसबेला नै मैले आफ्नो बिरामी हजुरआमाको हेरचाहका लागि केही समयका लागि भारत आउने निधो गरे । मैले विवाह गर्न लागेकी प्रेमिकालाई पनि सँगै ल्याउने मन थियो । तर भारत र चीनबीच १९६२ मा युद्धका कारण उसको परिवारले उनलाई भारत पठाउन मानेन । त्यसपछि हाम्रो सम्बन्ध समाप्त भयो ।’
उनले आफ्नो बाल्यकालबारे समेत बताएका छन् । उनको परिवारमा सम्बन्ध बिच्छेदका कारण केही समस्या थियो । उनकी आमालाइ दोस्रो पटक विवाह गरेका कारण कसैले उनीहरुले नराम्रो शब्द प्रयोग गर्थे ।
उनी भन्छन्, ‘तर मेरी हजुरआमाले कुनै पनि मूल्यमा आफ्नो सम्मान बचाइराख्न सिकाउनुभयो ।’ उनले आफ्ना बाबु र आफ्नो रुची धेरैजसो फरक हुने गरेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७ ११:२२