भ्रमणमा आएका आएरल्याण्डका प्रधानमन्त्री लियाे भारड्करसँग ह्वाईटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले नमस्कार गरे । र, भने, काेराेना भाइरस प्रभावित यस बेला याे जरूरी पनि छ ।
भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन नमस्कार यति बेला विश्वव्यापी बनेकाे छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ नमस्ते ट्रम्प कार्यक्रममै आयाेजना गरिएकाे थियाे । त्यहाँ सिकेकाे नमस्कार अभिवादन अहिले ट्रम्पलाई उपयाेगी बनेकाे छ ।
फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्राेनले स्पेनका राजनारानीलाई नमस्कार गरे ।
बेलायती राजकुमार चार्ल्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खाेजे । तर, सबैले नमस्कार गरे । उने नमस्का फर्काएकाे दृश्य भाइरल बनेकाे छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि नमस्कार गरेका छन् । काेराेना त्राससँगै विश्वका प्रभावशाली नेताहरूमाझ भेटका बेला हात मिलाउनुकाे सट्टा नमस्कार अभ्यस्त बन्दै गएकाे छ ।
विश्व स्वास्थ्य संगठनले काेराेना भाइरस सर्न सक्ने भन्दै हात नमिलाउन सचेत गराएकाे छ ।
प्रकाशित मिति: शनिबार, चैत १, २०७६ ०५:०९