अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची गएको बस फर्किँदै थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।
उद्धारपछि घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले शिलापत्रलाई जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ २०:५०