इजरायलले इरानको राजधानी तेहरानलगायत विभिन्न शहरस्थित सैन्य अखडामा शनिबार बिहानै हवाइ आक्रमण गरेको छ । इजरायली लडाकु विमानले इरानको सैन्य क्षेत्रमा आक्रमण गरेको हो ।
आक्रमणमा इरानका दुई जना सैनिक मारिएको इरानले नै स्वीकार गरेको छ । आक्रमणको सुरुमा इरानले सीमित क्षति भएको बताएको थियो । पछिल्लो अपडेटमा दुई सैनिक मारिएको इरानले स्वीकार गरेको हो । उता इजरायली सेनाले भने इरानको मिसाइल सिस्टम ध्वस्त पारिएको जनाएको छ ।
इरानमाथि इजरायली आक्रमणपछि मध्यपूर्वमा युद्धको अवस्था आएको छ । इरानले इजरायलमाथि जवाफी आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले इजरायलमाथि आक्रमण नगर्न चेतवानी दिएको छ । तर, अब इरानले यसको कस्तो प्रतिक्रिया जनाउँछ भन्ने चासोको विषय बनेको छ ।
इजरायलले शनिबार राति इरान, इराक र सिरियामा हवाइ आक्रमण गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१ १४:३४