मुस्लिम धर्मका प्रवरतक पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह अलैहसल्लाम १४९९ औँ जन्मजयन्ती (मोहम्मद डे) धूमधामका साथमा देशभर मनाइएको छ ।

पैगम्बर मोहम्मद जन्म साउदी अरबको मक्कामा बिबि अमिनाको कोखबाट भएको थियो । उनी इस्लामको धर्मका मुख्य प्रचारक हुन् । उनको निधन ६३ वर्षमा मदिनामा भएको थियो ।

सोमबार कपिलवस्तुमा पनि १४९९ औँ मोहम्मद डे मनाइएको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा, चन्द्रौटा, चाकरचौडा र महराजगञ्जमा जन्मजयन्ती मनाइएको छ ।

कपिलवस्तु मुस्लिम समुदायको बाहुल्य रहेको दोस्रो जिल्ला हो । सदरमुकाम तौलिहवामा हरियो झण्डासहित नयाँटोल, गौढी चोक, भवानी भिक्षु चोक जिल्ला प्रशासनहुँदै मुस्लिम धर्मावलम्बीहरूले परिक्रामा गरेको छन् ।

आजको दिन मुस्लिमहरूले प्रत्येक घरमा हरियो झण्डा रखेको चलन रहेको धर्मगुरुहरू बताँउछन् ।








प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १४:२८