ह्याङओभर
बनाउनभन्दा भत्काउन सजिलो रहेछ । मैले बिसौँ वर्ष लगाएर बनाएको आफूलाई महिनाभरमा भत्काइभ्याएँ । यी सबैसबै हुँदा पनि कसैले मलाई 'तँलाई के भो' भनेर सोधेनन् । बरु मैले नखाएर जतिजति दुब्लाउँदै गएँ, उतिउति मेरो बोस मेरो फिगरको तारिफ गर्न थाल्यो । साथीहरू लोभिन थाले । समाजका नजर सधैँ आफूविपरीत हुँदा रहेछन् ।
२१ मंसिर, २०७८
23 min read
Share
अफर
प्रशान्त, रोमियो, किलोपेट्रा, दशरथ माझी जस्तैजस्तै । अथवा अरूअरू नै काेही अलि रहस्यमय होस् । म एउटा सिम्बोलिक पात्रको खोजीमा अल्झिएको निकै लामो समय भइसक्यो । कुनै छापालाई कथा दिनु छ । त्यसैको तयारीमा छु । ‘के त्यो अजनवी मैले खोजेकी पात्र हुन सक्दिन ?' साँझमा म ल्यापटपअगाडि घोत्लिइरहेछु । 'साँच्चै त्यसकै बारेमा कथा लेखौँ कि क्या हाे ? काल्पनिक बिम्ब/पात्रको मात्र कति प्रयोग गर्नु, जीवित पात्रलाई कथामा उतार्न नसकिएला त ?'
२३ कात्तिक, २०७८
29 min read
Share
मजाक
अरु जे गर् तर मेरो नादानीको मजाक नबना । हरकोहीलाई आफ्नो कमजोरीमाथि प्रहार गरेको मन पर्दैन,' मलाई भन्न मन लागेको हो तर भनिनँ । मालिक र नोकरबीचमा सायदै संवाद हुन्छ । हाम्रो पनि भएन । किनकि, मालिकले दोस्रो सवाल गरेन । नोकरहरू त त्यसै पनि सुन्ने मात्र त हुन् । बरु चुपचाप मैले नै पुछेको गाडी चढेर ऊ बाहिर निस्कियो सुइँsया ….
१३ जेठ, २०७८
32 min read
Share
मिलन
शासकको आदेश सुनेर एकाएक राज्य निराश भयो । राज्यका सबै नागरिक निराश भए । सैनिकहरूमा ऊर्जा हरायो । यस्तो देखेपछि तिमीलाई बढी माया लागेर आयो । सैनिकलाई गोप्य रूपले चर्चमा बोलाएर सुन्दर स्त्रीसँग विवाह गरिदिन थाल्यौँ । तिम्रो यो चाला क्लाउडियसले थाहा पाइहाले । त्यसपछि तिमीलाई जेल चलान गरियो
१ फागुन, २०७७
23 min read
Share
भारुसभा
लँगौटियाहरूको पारा देखेर अघिदेखि कुनामा बसेर दारु पिइरहेको दक्षिणढोके भारुस्थानीले मौका छोप्छ । बसेठाउँबाट जुरुक्क उठ्छ । अघि दारु पिउँदा बस्न अप्ठ्यारो भएर हङ्गेले फुकाली राखेको खानदानी तरबार जुरुक्क उचाल्छ । र, विलम्ब नगरी सबै आत्माको घाँटी छप्काउन थाल्छ । ऊ कुर्लंदै छ, ‘अब तिमीहरूको टेबुल मेरो कब्जामा भयो । तिमीहरूको कुर्सी मेरो कब्जामा भयो । तिमीहरूको दारु मेरो अधीनमा भयो । अब म खान्छु यी सितनहरू । म पिउँछु त्यो दारु’
२८ पुस, २०७७
24 min read
Share
जवानी, छोराछोरी बिर्सिएर परदेशमा यत्राे वर्ष ?
हेमन्तको निर्मम प्रहारले ढक्क दक्षिण कोरियाको पश्चिम सिमाना भएर बग्ने एल्लो सी (yellow sea) जमेको छ, यतिबेला । र, हामी त्यही समुद्रको किनारमा ट्वाँक लगाउन बसेका छौँ
१० पुस, २०७७
24 min read
Share
पैसा
खुसी, सन्तुष्टि, परिवार, आफन्तहरूभन्दा पैसा ठूलो रहेनछ । पैसा र इज्जत मात्र कमाएर नपुग्दो रहेछ । ऊ सोचमग्न हुन्छ । कताकता उसलाई आफू संसारको सबैभन्दा डरछेरुवा लाग्छ । कायर लाग्छ । नालायक लाग्छ । गरिब लाग्छ । रित्तो लाग्छ । असलमा ऊ रित्तै पनि त छ । साँच्चै पैसाभन्दा अरु के नै छ र ऊसँग ?
२६ मंसिर, २०७७
24 min read
Share
कोरोना महासंकटमा पनि नचेत्ने नेपाली
सरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकारले कानमा तेल हालेर बसेकाे छ । सरकारले निकै महत्त्वाकाङ्क्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसाैँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्त रूप दिन सक्थ्यो
२५ असोज, २०७७
Share
(कथा) बेड नम्बर १११
खामभरी पत्रै पत्र छन् । प्रत्येक पत्रमा उसका र मेरा हैन, हैन उसले बिताएको एक्लोपनका क्यानभासहरू छन् । उसको बाबा काममा गएपछि घरमा एक्लै बस्नुपर्दाका बोझिला क्यानभासहरू छन् । बिरामी पर्दा ममताले सुमसुम्याइदिने आमाका हातहरू नहुँदाका छटपटीहरू छन् । मान्छे मान्छेबीचमा पैसाले बनाइदिएका बडेमानका पर्खालहरू छन्
१६ असोज, २०७७
Share