नयाँ प्रहरी ऐन : सेवाहदबारे प्रहरीभित्रै विवाद
निजामती सेवामा उमेर र पदावधिका कारण अनिवार्य अवकाश पाउने प्रावधान छ । तर, नेपाल प्रहरीमा भने उमेर, पदावधिका साथै सेवाहदका कारण पनि अवकाश पाउने व्यवस्था छ । भर्ना भएको ३० वर्ष सेवा पुगेपछि अनिवार्य अवकाश हुन्छ । यो प्रावधानले आफूहरूलाई अन्याय भएको प्रहरीको गुनासो छ ।
२ वैशाख, २०७६
Share
खुलामञ्चस्थित अस्थायी बसपार्कमा अवैध सटर : ठेकेदारले उठायो १५ लाखसम्म सलामी
बिल्डर्सले बसपार्कसँगै जोडिएको गुठीको करिब एक रोपनी जग्गामा पनि अवैध रूपमा भाडामा लगाएको स्थानीय व्यापारी कुमार दाहालले बताए । यो जग्गामा २८ भन्दा धेरै व्यापारीले ठाउँ लिएका छन्, प्रत्येकले सात लाख सलामी रकम बुझाएका छन् । उनीहरूले भाडाबापत प्रतिमहिना १० देखि १५ हजार बुझाउँदै आएका छन् ।
२ वैशाख, २०७६
Share
संसद्को खर्चमाथि महालेखाको प्रश्न : टेन्डर नै नगरी भयो तीन करोड खर्च
सार्वजनिक खरिद ऐनको दफा ६६ उपदफा २ अनुसार सार्वजनिक निकायका प्रमुखले तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तहमाथिको अधिकारीलाई दिनुपर्छ । तर, संसद् सचिवालयले महासचिवको स्वीकृतिविनै सचिवको मात्र स्वीकृतिमा विभिन्न कम्पनीलाई झन्डै दुई करोड रुपैयाँ भुक्तानीसमेत गरेको छ ।
२ वैशाख, २०७६
Share
चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित
‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरेका हौँ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।
१ वैशाख, २०७६
Share
काठमाडौंका एकतर्फी सडक दुईतर्फी बनाइँदै
यातायात क्षेत्रका विज्ञसहितको टोलीले महानगरका कोटेश्वर, थापाथली र टुँडिखेलआसपासको सडकमा सवारी चापको तथ्यांक संकलन गरेको छ । आयोगको प्रतिवेदनअनुसार उपत्यकामा चारपांग्रे सवारीको तुलनामा तेब्बरभन्दा बढी दुईपांग्रे सवारी गुड्ने गरेका छन् ।
२८ चैत, २०७५
Share
मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानी सवा दुई अर्ब भ्रष्टाचार
मेलम्चीका नाममा अहिलेसम्म २५ अर्ब २० करोड खर्च भएको छ । त्यसमध्ये आयोजना निर्माण (सिभिल वर्क)मा भने १७ अर्ब ९८ करोड मात्र खर्च गरिएको छ । प्रशासनिकतर्फ ७२ करोड ५४ लाख खर्च भइसकेको छ ।
२८ चैत, २०७५
Share
प्रहरी क्याम्प बन्यो वीर अस्पताल
‘एक घण्टामा समाधान हुने विषय छ । तर प्रधानमन्त्रीले डाक्टरलाई झन् पेल्ने उद्देश्य देखाए,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘यसले डाक्टरलाई सेवामा फर्काउनेभन्दा आन्दोलनमा उक्साउन सक्छ । यसको समाधान तत्काल खोजिनुपर्छ ।’
२८ चैत, २०७५
Share
बिस्केट जात्रा सुरु, रथ तान्ने र हेर्नेको भिड
जात्रा हेरेमा शत्रु नाश हुन्छन् भन्ने जनविश्वास छ । जात्राको अन्तिम दिन ५ वैशाखमा भैरवको रथ तानेर तौमढीस्थित पाँचतले मन्दिरको पश्चिम कुनामा राखी पूजाआजापछि रथ भैरव मन्दिरमा भित्र्याइन्छ र तान्त्रिक विधिअनुरूप नै पूजा गरेपछि जात्रा सम्पन्न हुन्छ ।
२८ चैत, २०७५
Share
तीन सय पचास स्थानीय तहको लेखा अवरुद्ध
कानुनले खर्च गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई दिएका कारण लेखा अधिकृत नहुँदा विकास निर्माणदेखि कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल परेको ओलीको गुनासो छ ।
२७ चैत, २०७५
Share
समायोजन भएका डाक्टरलाई सरुवा हुन र संघमा फर्कन अवरोध छैन : ऐन
समायोजन ऐन, २०७५ ले समायोजन भएर स्थानीय तह वा प्रदेश सेवामा गएका कर्मचारीलाई नियमित बढुवा प्रक्रिया र अन्तरसेवा प्रतिस्पर्धाबाट संघमा आउन सक्ने बाटो खुला गरेको छ । यस्तै स्थानीय तहमा समायोजन भएका कर्मचारी सम्बन्धित प्रदेशभित्रका कुनै पनि स्थानीय तहमा सरुवा हुन सक्नेछन् ।
२७ चैत, २०७५
Share
न्यायालयमा अझै असमावेशी अनुहार
न्याय सेवाको प्रथम श्रेणीको अधिकृत तहमा महिलाको संख्या शून्य छ । न्याय सेवाका विशिष्ट श्रेणीका सबै र प्रथम श्रेणीका सरकारी वकिलमध्ये करिब ९६ प्रतिशत बाहुन/क्षेत्री समुदायका पुरुषको वर्चस्व कायम छ । यस्तै, न्याय सेवाको विशिष्ट श्रेणीको कुल १४ दरबन्दीमा दुई पद रिक्त छ, जसमध्ये १२ जना नै खस–आर्यसमुदायका छन् ।
२७ चैत, २०७५
Share