कांग्रेसका छायामन्त्रीको सूची तयार
प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो ।
२१ वैशाख, २०७६
Share
कैद मिनाहा गर्न कानुन संशोधन
गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो ।
२१ वैशाख, २०७६
Share
राष्ट्रपतिको सम्बोधनमा राजतन्त्रको झल्को
पञ्चायत र प्रजातन्त्र पुनस्स्थापनापछि पनि तत्कालीन राजाहरूले राष्ट्रिय पञ्चायत वा संसद्लाई सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने गर्थे । संविधानमै पनि त्यतिवेला ‘श्री ५ को सरकार’ उल्लेख थियो ।
२१ वैशाख, २०७६
Share
फानीको प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने
फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।
२१ वैशाख, २०७६
Share
डोल्पा पठाइएको हजार क्विन्टल चामल बाटोमै बिक्री
दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् ।
२० वैशाख, २०७६
Share
एकतानजिक पुगे फोरम र नयाँ शक्ति
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच आउँदो सोमबार (२३ वैशाखमा) एकीकरण गर्ने गरी वार्ता अन्तिम चरणमा पुगेको छ । आइतबारसम्म दुवै पार्टीले आफ्ना केन्द्रीय समितिबाट एकतासम्बन्धी निर्णय गर्ने तयारी गरेका छन् ।
२० वैशाख, २०७६
Share
गण्डकी प्रदेशका मन्त्रालयमा आर्थिक बेथिति
गण्डकी प्रदेशका ६ मन्त्रालय र प्रदेश सभा सचिवालयले सार्वजनिक खरिद नियमावली र आर्थिक कार्यविधि नियमावली छलेर आर्थिक कारोबार गरेका छन् ।
२० वैशाख, २०७६
Share
ठेकेदारको लापरबाहीले ठूला योजना अलपत्र
माओवादी द्वन्द्वमा ध्वस्त भएको अछामको मंगलसेन दरबारको निर्माण सम्झौता ०६५ सालमै भएको थियो । दुई वर्षभित्र दरबार बनाइसक्ने सम्झौतामा उल्लेख थियो । तर, ११ वर्ष बितिसक्दा पनि दरबार अधुरै छ । दुई करोड २५ लाख रुपैयाँमा दरबारको ठेक्का लगाइएको थियो ।
२० वैशाख, २०७६
Share
प्रतिरोपनी रु. ३,१२४ का दरले अधिग्रहण भएको थियो बालुवाटारको जग्गा
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित प्रधानमन्त्रीनिवाससँगैको जग्गा सरकारले प्रतिरोपनी तीन हजार एक सय २४ रुपैयाँका दरले अधिग्रहण गरेको खुलेको छ । सुवर्णशमशेरका छोरानातिले भने सो जग्गा जफत गरिएको दाबी गरेका छन् ।
२० वैशाख, २०७६
Share
सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?
पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ ।
१९ वैशाख, २०७६
Share
पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न निषेध
विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा एक हजार उल्लेख गरेर पाँच हजारसम्म लैजाने प्रचलन थियो । यही छिद्रको उपयोग गरी अवैध बजारबाट डलरलगायत विदेशी मुद्राको कारोबार र तस्करी हुने गरेको थियो ।
१९ वैशाख, २०७६
Share
व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक
धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा ९मगर०को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ ।
१९ वैशाख, २०७६
Share
बालुवाटारका सूत्रधार विदेश फरार
व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १ सय ४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैं सजग हुँदै विदेश लागेका छन् ।
१८ वैशाख, २०७६
Share
ललितानिवासको सरकारी जग्गा ४१७ कित्तामा टुक्रियो, थप टुक्रा खोज्दै मालपोत
व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।
१६ वैशाख, २०७६
Share
खुलामञ्चमा सरकार र ठेकेदारको लुकामारी, मर्कामा साना व्यापारी
‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने थाहा छैन,’ उनले भने । भेटवाललाई रकम बुझाएको प्रमाण कुनै पनि व्यापारीसँग छैन । ठेकेदार कम्पनीका मालिक भेटवालले कागजपत्र बनाएर रकम बुझ्न नमानेपछि भरपाईविनै व्यापारीले उनलाई पैसा दिएका थिए ।
१५ वैशाख, २०७६
Share
आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा
०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए ।
१४ वैशाख, २०७६
Share