भाेलिदेखि स्कुल ड्रेसमा जानुपर्ने रे, मेरो त युनिफर्म पनि छैन
स्कुल लागेको पहिलो दिन कक्षामा पुग्दा त कम्ता रमाइलो भएन । सर, म्याम, अनि सब साथीहरूसँग कक्षामा भेट हुन पाइयो । मज्जाले कुरा गर्न पाइयाे, खेल्न पाइयाे । पहिलो दिन त कुरा गरेरै कक्षा सकियो । मलाई त म्यामले ‘अंकित त कति ह्याण्डसम पो भएर आएछ भन्नुभयो । किन रे भने म मोटाएपछि निकै राम्रो भाको छु रे ! घरमा पनि बाबाममीले त्यसै भन्नुहुन्छ । अनि त म भित्रभित्रै मख्ख परेकाे छु
३ माघ, २०७७
5 min read
Share