पापी मास्टर
ईश्वरा एक्कासि अमर्यादित वचन बोल्न थाली । तपाईं, हजुर, तिमीहुँदै ‘तँ’ मा झरी । भनी, 'तँलाई अब जसरी पनि बिर्सनु पर्ने भयो हैन ? बिर्सन्छु बुझिस् ? तँलाई बिर्सेर तँभन्दा गतिलो केटासँग बिहे गर्छु । यो ठाउँमा फेरि कहिल्यै आउनु पर्दैन । ह्याँ फर्केर आइस् भने टाउको साउको फुटाइदिउँला । पापी मास्टर ! थु !'
१० असोज, २०७७
Share