भानुका नाममा
भाषा भाकासँगै हाँस्यो आस्था संस्कृति-श्वास भो
हिमाली मन नेपाली भानुको लय खास हो
आजका दृष्टिले देख्छन् भेद ती लिङ्ग, जातको
काव्यमा तर सच्चित्र हो त्यो उही समाजको
२९ असार, २०७७
Share
नेपाली साहित्य र सङ्गीतका २ दिदीका नाममा
फूलहरू पनि फक्रनुअघि ममता दिदीसँग सोध्नुपर्नेजस्तो भयभाव व्याप्त छ । एक्काइसौँ शताब्दीका धर्तीपुत्रहरू ससाना भोटका राजनीतिले अतिशय सिकार बनाइएका यी दुःखद् र दर्दनाक पीडा-कथाहरूसँगै फेरि हामीले अक्षरका महागुरुहरू आईबी सर, पारिजात, वाङ्देल, शिवकुमार राई, असित राईलाई सम्झियौँ
३ जेठ, २०७७
Share