एक टनको भारी
घरमा भने हिजोदेखि नै आफ्ना इष्टमित्र, नातागोता आदि परपाहुनाहरूको खचाखच थियो । मेरा समकालीन पाहुनाहरू मलाई बधाई दिन्थे, अग्रजहरूले व्यंग्य हान्थे, प्रौढहरूले भने ‘कलिलैमा यसले डोको र नाम्लो भिर्नुपर्यो, प्रकृतिको नियम पनि...’ भन्दै साहानुभूति प्रकट गर्थे । तर, म यी कुनै पनि भाषा बुझ्दिनँथेँ । साँच्चै शरीर थाकेर नै होला– खुइय ! गर्दै बिस्तरामा पल्टिएँ ।
३० कात्तिक, २०७६
Share