अमरावती कान्तिपुरी नगरी
साँझ परिसकेकाले त्यहाँ धेरैबेर बस्ता आफ्नो कविता अश्लील दोष पर्ला भन्ने ठानी उनी जुरुक्क उठेर उद्यानबाहिर निस्के । साझा यातायातको हरियो बस पनि ठ्याक्क त्यहीँ रोकिइरहेको रहेछ । सबै पसेको देखी उनी पनि पसे त्यसैमा । पस्न त पसे, तर बस्न भने घुइँचोले दिएन । ‘कान्तिपुरीमा मान्छे निकै बढेछन् ए ! यतिका मान्छे खान्छन् पो के ?’ उनको दिमागमा अर्को प्रश्न रिङ्न आयो ।
२८ असार, २०७६
Share