निजी आवास निर्माणमा खराब नियत राख्नेमाथि निगरानीराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले किस्ता बुझेर घर नबनाउने, नक्कली कागजातमा अनुदान लिने तथा मापदण्डविपरीत घर बनाउने भूकम्पपीडितमाथि निगरानी राखेको हो ।२७ जेठ, २०७६ Share
जताततै मलको हाहाकार, किसान सधैं मर्कामामागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ । पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ ।२७ जेठ, २०७६ Share
कांग्रेस नेतालाई कार्यकर्ताको सुझाव : 'गुटले पार्टी भद्रगोल भयो, जोगाउनुस्'गुटगत राजनीतिका कारण नेताहरू जिल्ला झर्दासमेत गुट निकटका नेताकार्यकर्ता मात्रै पुग्ने गरेको भन्दै गुट राजनीतिकै कारण पार्टी कमजोर भएकोमा चिन्ता व्यक्त गरेको जागरण अभियान लिएर जिल्ला पुगेका नेताहरूले बताए ।२६ जेठ, २०७६ Share
'आयोगको विज्ञापन कानुनसम्मत र समावेशितामा आधारित छ'कानुनविद् तथा प्रशासन क्षेत्रका विज्ञहरूले लोकसेवा आयोगले कानुनसम्मत आह्वान गरेको विज्ञापनको विरोध गर्नु संघीयताको भावना र मर्मविपरीत हुने बताएका छन् । उनीहरूले लोकसेवाको विज्ञापनमाथि प्रश्न उठाउनु लोकसेवा र सिंगो प्रशासन क्षेत्रलाई कमजोर बनाउने षड्यन्त्र भएको बताए ।२६ जेठ, २०७६ Share
साढे ६ लाख निजी आवास धमाधम बन्ने क्रममाप्राधिकरणका अनुसार ६ लाख २७ हजार ६ सय ६९ घर बन्ने क्रममा छन् । सरकारले निजी आवास अनुदान वितरणअन्तर्गत ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरेको थियो । त्यसमा अतिप्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ घरधुरी छन् । यो समाचार टेनिस रोकाले लेखेका हुन् । २६ जेठ, २०७६ Share
राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दैमहाधिवेशनबाट एकल नेतृत्वमा जाने निश्चित भएपछि राजपा नेपालभित्र आगामी अध्यक्षका लागि प्रतिस्पर्धा सुरु भएको छ । अगामी महाधिवेशनबाट अध्यक्षका लागि महतो र ठाकुरले आन्तरिक रूपमा तयारी गरिरहेका छन् ।२५ जेठ, २०७६ Share
लोकसेवा विज्ञापन रोक्न सांसदको मागलोकसेवाले संविधानको मर्म र भावनाअनुसार समावेशीलाई ख्याल नगरी विज्ञापन निकालेको भन्दै सत्तरूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद, समाजवादी पार्टी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै राष्ट्रिय जनता पार्टीका सांसदले विरोध गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका बहुमत सदस्य विज्ञापन रोक्नुपर्ने पक्षमा देखिएका हुन् ।२५ जेठ, २०७६ Share
नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माणसुनसरी मोरङ र झापामा अझै २४३ स्तम्भ निर्माण गर्न बाँकी छन् । शुक्रबार प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको दोस्रो बैठकमा यस्तो जानकारी दिइएको हो ।२५ जेठ, २०७६ Share
कोरिया भाषा परीक्षामा ९२ हजार परीक्षार्थीकोरिया भाषा परीक्षा दिनका लागि कृषि क्षेत्रका लागि परीक्षा दिने परीक्षार्थीको संख्या २८ हजार ८ सय ८७ जना रहेको छ । जसमध्येमा पुरुष परीक्षार्थीको संख्या १९ हजार ४ सय ७ रहेको छ भने महिला परीक्षार्थीको संख्या ९ हजार ४ सय ७३ जना रहेको छ ।२४ जेठ, २०७६ Share
आफैं जोडिएको मुद्दामा सर्वोच्चका न्यायाधीशको आदेशन्यायाधीश राउतले जिल्ला प्रशासन कार्यालय काठमाडौले बर्खास्त गरेका नेपाल रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष सञ्जीव थापाको पुनर्वहाली गरी पाऊँ भनी दायर भएको रिटमा अन्तरिम आदेश दिएका हुन् ।२४ जेठ, २०७६ Share
विकास खर्च काटेर सांसदलाई ल्यापटपसरकारले विकास बजेटमा छुट्याइएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गरी संसद्मा पठाउने निर्णय गरेपछि संसद सचिवालयले ल्यापटप खरिदको प्रक्रिया अघि बढाएको छ ।२४ जेठ, २०७६ Share
नेपाल रेडक्रसविरुद्ध थाई रेडक्रसको उजुरी, ५१ करोड हिनामिनाको आरोपअनियमितता भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि ६ जेठदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले थापा नेतृत्वको निवर्तमान समिति भंग गरेको थियो । कारबाही गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थापालाई मौखिक र लिखित बयान लिएको थियो ।२३ जेठ, २०७६ Share
त्रिवि सेवा आयोग परीक्षा प्रकरण, नतिजा प्रकाशन नगर्न अख्तियारको पत्राचारअख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यो विषयमा हामीले उच्च प्राथमिकताका साथ अनुुसन्धान गरिरहेका छौं । तत्कालका लागि अन्तिम नतिजा सार्वजनिक नगर्न पत्राचार गरेका छौं, यदि परीक्षामा अनियमितता ठहरिए परीक्षाका सबै प्रक्रिया रद्द हुनेछ ।’२३ जेठ, २०७६ Share
अन्योलमै कांग्रेस, संघीय विधान बन्यो संरचना बनेननेपाली कांग्रेसले पार्टी विधानलाई संघीय ढाँचामा लगेर संघीयताको संरचनामा प्रवेश गरेजस्तो देखाए पनि त्यहीअनुसारको संरचना भने बनाउन सकेको छैन ।२२ जेठ, २०७६ Share
वर्षाअघि १०१ मुसहर परिवार आफ्नै घरमाटाटीले बारेको खरको छाना भएका साना घरमा बस्ने दुधौली नगरपालिका–९ को जितपुर, लालपुर मटियारी र खिरियानीका १०१ परिवार मुसहरले यसपालिको वर्षात्अघि नै नयाँ र सुरक्षित घरमा बस्ने पाउने भएका छन् ।२२ जेठ, २०७६ Share
जबर्जस्ती करणीमा हजुरबुबादेखि छोरासम्म संलग्नप्रहरीले चालू आर्थिक वर्षका घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिहरूबाटै हुने गरेको देखाएको हो । तथ्यांकले हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, आमा र छोराबीच नै करणीका घटना भएको देखाएको छ ।२१ जेठ, २०७६ Share