सुदूरपश्चिम
अछाममा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप
अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना घाइते भएका छन्
१५ मंसिर, २०७६
Share
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्
१४ मंसिर, २०७६
Share
कञ्चनपुरमा ७७ प्रतिशत मत खस्यो, राती ८ बजेदेखि मतगणना हुने
शनिवार सम्पन्न उपनिर्वाचन अन्तर्गत कञ्चनपुरमा ७७.०६४ प्रतिशत मत खसेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा जम्मा ७७.०६४ प्रतिशत मतदाताले मतदान गरेका हुन्
१४ मंसिर, २०७६
Share
बैतडीमा ६६ प्रतिशत मत खस्यो
बैतडीका ३ वडामा भएको उपनिर्वाचनमा ६६ प्रतिशत मत खसेको छ । तीनओटै वडामा ४ हजार ३ सय ३६ मतदाता रहेकोमा २ हजार सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ
१४ मंसिर, २०७६
Share
मतदानस्थलमा भेटिएको बम डिस्पोज
बम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको हुन सक्ने आशंका गरिएको छ ।
१४ मंसिर, २०७६
Share
सुदूरपश्चिममा उपनिर्वाचनको तयारी पूरा, ७ पदका लागि २१ उम्मेदवार
निर्वाचन हुने सम्पूर्ण स्थानमा मतपत्र पुगिसकेको र आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । सातवटा रिक्त वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १० हजार ९ सय ३७ मतदाताले भाग लिन पाउने छन् । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ
१३ मंसिर, २०७६
Share
२ लाख ५० हजार घूस रकमसहित इन्जिनीयर रंगेहात पक्राउ
जोशीले टेबुलमुनि लुकाएको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । तर, उनले कुन प्रयोजनका लागि घूस लिएको हो भन्ने कुरा नखुलेको बताइएको छ । जोशीलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ
१३ मंसिर, २०७६
Share
बाइक ओभरटेक गरेको रिसले युवकको हत्या गर्ने चार पक्राउ
प्रहरीले हत्यामा संलग्न भीमदत्त नगरपालिका–४ का ३० वर्षीय महेश नाथ, वडा नम्बर १५ का २२ वर्षीय गम्मा भनिने गणेश लुहार, रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो
१३ मंसिर, २०७६
Share
खै स्मार्ट लाइसेन्स ?
यातायात कार्यालयको लापरबाही र ढिलासुस्तीले सवारी चलाउन योग्य हुँदाहुँदै पनि स्मार्ट कार्ड नबन्दा समस्या खेप्नुपरेको भन्दै सेवाग्राही आक्रोशित छन्
१३ मंसिर, २०७६
Share
ब्राउन सुगरसहित तीन जना पक्राउ
लागूऔषध ब्राउनसुगरसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले गएराति ब्राउन सुगरसहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।
१३ मंसिर, २०७६
Share
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने पक्राउ
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना कैलालीबाट पक्राउ परेका छन्
१३ मंसिर, २०७६
Share
अमरगढी नगरपालिकाले ल्यायो आफ्नै नगर गान र लोगो
अब डडेल्धुराको अमरगढी नगरपालिका आफ्नो नगर गान र लोगो हुने भएको छ । नगरपालिकाको समग्र विकास र विशिष्ट पहिचानलाई सुदृढ एवं मजबुत बनाउनका लागि नगर गान र लोगो तयार पार्न लागेको अमरगढी नगरपालिकाको दाबी छ
१३ मंसिर, २०७६
Share
टेण्डर पाउन कर चुक्ता प्रमाणपत्र नै कीर्ते
सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाएको हो । यस्तै, डिस्ट्रिब्युटर्सले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको उजुरी परेपछि आन्तरिक राजस्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरू नियन्त्रणमा लिएको छ
१२ मंसिर, २०७६
Share
उपनिर्वाचन बहिष्कार गर्ने माओवादी केन्द्रको घोषणा
उनले सरकार कालापानी, लिपुलेक, लिम्पियाधुरामा भएको सीमा विवादका बारेमा सरकारले मौन विरोध गरेर समर्थन गरेको आरोप लगाए । ‘सरकारले सीमा विवादमा मौन विरोध गरेको छ’ उनले भने, ‘मौन विरोध गर्नु भनेको नै समर्थन जनाउनसरह नै हो ।'
१२ मंसिर, २०७६
Share
तुइन विस्थापन गर्न बझाङमा ३८ झुलुङ्गे पुलको सर्वे हुँदै
सरकारको तुइन विस्थापन गर्ने लक्ष्यअनुरुप बझाङमा जिल्लाभरका विभिन्न ठाउँका ३९ झोलुङ्गे पुल सिफारिस भएका र यी सबै पुलको पनि सर्भे चाँडै गरिने प्रतिनिधिसभा सदस्य आशा बिकले बताइन्
१२ मंसिर, २०७६
Share
एउटै ठेकदारका अर्बका ठेक्का अलपत्र
कैलाली र कञ्चनपुरमा थेगिम कन्सट्रक्सन कम्पनी प्रालिले एक अर्बभन्दा बढीका ठेक्का ‘कब्जा’ मा राखेको छ। थेगिमले विभिन्न पूर्वाधारको ठेक्का लिएर तोकिएको समयमा काम नसकी अलपत्र पारेको हो।
१२ मंसिर, २०७६
Share
नेपाली भूमि फिर्ताको माग राख्दै जनमोर्चाद्वारा कालापानी अभियान सुरु
धनगढीबाट सुरु भएको र्याली, डोटी, डडेल्धुरा, बैतडी हुँदै १६ गते दार्चुला पुग्नेछ । दार्चुलाको खलङ्गा, गोकुलेश्वरमा विरोध सभापछि १७ गते र्याली र कञ्चनपुरको मदन चोकमा कोणसभामा परिणत भई समापन हुने प्रदेश कमिटी अध्यक्ष नन्दराज भट्टले बताए
११ मंसिर, २०७६
Share
एक घण्टा जेल बसेर निस्किएका पत्रकार खेम भण्डारीविरुद्ध अर्को मुद्दा
कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजो आयुष विष्टले ‘निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण’बारे लेखिएका समाचार र राखिएका फेसबुक स्टाटसलाई लिएर भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दर्ता गरेका हुन्
११ मंसिर, २०७६
Share
बझाङको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
करिब ३० करोड लगानीमा निर्माण गरेर छोटो समयमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोडिएपछि स्थानीय सेवाग्राही खुशी भएका छन् । बैतडीको खोड्पे हुँदै चैनपुरसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको छ
११ मंसिर, २०७६
Share
डोटीमा अनलाइन सेवाबाट लालपुर्जा वितरण
सो सेवा सुरू भएपछि पहिलोपटक केआईसिंह गाउँपालिका–१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए
११ मंसिर, २०७६
Share
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि हुँदै
उनले संघीय प्रहरी इकाइको मैदानमा हुने महोत्सवको तयारी सुरू भइसकेको जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्ने उनले बताए
१० मंसिर, २०७६
Share
आगोमा जलेर एक महिलाको मृत्यु
आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको अवस्थामा एक्कासि शरीरमा आगो सल्किएपछि उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि प्रादेशिक अस्पताल सेतीमा ल्याइएको थियो
१० मंसिर, २०७६
Share
मुक्त हलियाका घर निर्माणको काम अलपत्र
‘घर निर्माणका लागि पहिलो चरणमा १ हजार ७ सय ८८ ले किस्ता बुझेकका थिए,’ उनले भने, ‘दोस्रो किस्ता नआउँदा घर बनाउने काम प्रभावित भएको छ’
१० मंसिर, २०७६
Share
दुर्गमका सुत्केरीको नियति : उपचार नपाएरै मृत्युवरण
बाजुरामा यस वर्ष मात्रै ढिलोगरी स्वास्थ्य संस्था पुर्याएका कारण उपचार नपाएर तीन जना सुत्केरीको मृत्यु भएको छ । गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण बुढीनन्दा–१० की ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो । दुई वर्षअघि बोहोराको पहिलो सन्तान जन्मिँदा पनि जिल्ला अस्पतालमा अप्रेसन गरिएको थियो ।
१० मंसिर, २०७६
Share
अदालतका श्रेस्तेदारमाथि पत्नी बलात्कार र भ्रूण हत्याको आरोप
कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रुण हत्या गरेको आरोप लागेको छ
१० मंसिर, २०७६
Share
सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्ने
सम्मेलनमा प्रमुख वक्ताको रूपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । यस्तै, संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ
९ मंसिर, २०७६
Share
आर्थिक अभावले डडेल्धुराका तीन खेलमैदान अलपत्र
डडेल्धुरामा हाल निर्माणधीन अवस्थामा रहेका खेलमैदान तीनवटै सरकारका बीचमा समन्वय नहुँदा अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको अमरगढी नगरपालिकाका–४, ६ र ८ मा स्थानीय, प्रदेश र संघ सरकारले अलग–अलग खेलमैदान निर्माण गरिरहेकाले एउटा खेलमैदान पनि निर्माण सम्पन्न हुन सकेको छैन
९ मंसिर, २०७६
Share
झुलाघाट नाका आज साँझदेखि खुल्दै
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ
९ मंसिर, २०७६
Share