सुदूरपश्चिम
मदिरा सेवन गरी मध्यरातमा बलात्कार प्रयास
राति करिब १ बजेको समयमा मदिरा सेवन गरी युवतीको घरमा मोबाइलको चार्जर माग्ने निहुँमा आरोपित बोहराले जबर्जस्ती करणीको प्रयास गरेको पीडित युवतीले प्रहरीसँग बयान दिएको उनले बताए
२४ मंसिर, २०७६
Share
माघभित्रै बझाङमा फोरजी सञ्चालन
नेपाल टेलिकम जिल्लाभर सञ्चालनमा रहेका र सञ्चालन हुने प्रक्रियामा रहेका २१ टावरबाट फोरजी/एलर्टी इन्टरनेट सेवा सञ्चालनमा ल्याउने जनाएको छ । सुरुमा बढी जनसंख्या भएका क्षेत्र सदरमुकाम चैनपुर, मष्टाको बडाकोट, बित्थडिरको देउलेख, बैतडी र बझाङको सीमामा रहेको जजल्लालगायतमा फोरजी सेवा सुचारु हुनेछ
२४ मंसिर, २०७६
Share
घट्दै एचआईभी संक्रमित
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कुल ९ सय ९४ संक्रमित देखिएकाेमा हाल ७ सय ९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १ सय ७२ को मृत्यु भइसकेको छ । पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआईभी संक्रमितको संख्या घट्दो क्रममा रहेको देखिएको छ
२४ मंसिर, २०७६
Share
सुदूरपश्चिममा भ्रष्टाचार: ७ वर्षमा ५ हजार उजुरी, ३४ जना रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय कञ्चनपुरमा पछिल्लो सात वर्षयता भ्रष्टाचारका ५ हजार २ सय १ उजुरी परेका छन् । यीमध्ये ४३ सय ७९ उजुरी फर्छ्याेट भएका छन् भने ८ सय २२ उजुरीमाथि अझै अनुसन्धान चलिरहेको छ
२३ मंसिर, २०७६
Share
खप्तड स्वामीको कुटी जीर्ण बन्दै, निकुञ्ज भन्छ– ‘कुटी चम्काइन्छ’
कुटीमा जाने बाटोको वरपर राखेका ढुंगाहरू सबै यत्रतत्र छन् । काठको बार पनि कुहिएका छन् भने केही निकालेर वरपर बेवारिसे अवस्थामा फालिएका छन् । कुटीको दुईपट्टि रहेका गेट पनि जीर्ण अवस्थामै छन् । प्रतीक्षालयमा राखिएका काठहरू पनि कुहिएका छन्
२३ मंसिर, २०७६
Share
किशोरी बलात्कार आरोपमा एक जना पक्राउ
१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ
२३ मंसिर, २०७६
Share
अत्तरिया बसपार्कमा एक जना मृत भेटिए
कैलालीको अत्तरिया बसपार्कमा एक जना मृत फेला परेका छन्
२३ मंसिर, २०७६
Share
सुदूरपश्चिममा १२ करोडकाे लागतमा चिस्यान केन्द्र बन्दै
कैलालीको पहलमानपुरमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यान केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र महिनाबाट निर्माण कार्य सुरु गरिएको चिस्यान केन्द्र पुस मसान्तबाट सञ्चालनमा ल्याउने तयारी छ
२३ मंसिर, २०७६
Share
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ
२३ मंसिर, २०७६
Share
सुदूरपश्चिम महोत्सव सुरु, पूर्वमन्त्री रावलसमक्ष सातबुँदे माग पेश
सो अवसरमा उद्योग वाणिज्य संघ कैलालीले महोत्सव प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने, सेती प्रादेशिक अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गरिनुपर्ने, धनगढीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्नुपर्नेलगायतका सातबुँदे माग रावलसँग राखेको छ
२२ मंसिर, २०७६
Share
गोलियाले लागेर बाख्रा चराउन गएकी महिलाको मृत्यु
बाख्रा चराउन गएकी महिलाको काठको गोलियाले लागेर मृत्यु भएको छ । दुर्गाथली– ५ भलाने बस्ने लछुदेवी थापाको मृत्यु भएको हो
२२ मंसिर, २०७६
Share
महाकालीको बगर, रोजगारीको थलो
त्यसैगरी भीमदत्त नगरपालिका– ११, १२ र १३ को क्षेत्रमा पनि बगरमा गिट्टी छान्नेको भीडभाड नै छ । भीमदत्त नगरपालिकाको ऐरी घाटमा एक दशकदेखि मजदुरी गर्दै आएकी कलावती खड्काले पनि बगरको मजदुरीबाट घर खर्च टरेको बताइन्
२२ मंसिर, २०७६
Share
मोटरसाइकलसँगै पुलबाट खस्दा मृत्यु
गम्भीर बनेका गिरीको उपचारका क्रममा लम्कीस्थित लालरत्न अस्पताल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
२२ मंसिर, २०७६
Share
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरमा पैदल हिँडिरहेकी पतनीदेवी चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
२१ मंसिर, २०७६
Share
डडेल्धुराका आठ वर्षीय रावल पाँच दिनदेखि बेपत्ता
बेपत्ता हुनेमा डडेल्धुराको अमरगढी–९ ढाँटगाउँ बस्ने ८ वर्षीय परवीन पाल रहेका छन्
२० मंसिर, २०७६
Share
मागेरै अन्तरजातीय विवाह
यही मंसिर १८ गते धूमधामका साथ विवाह सम्पन्न भएको वित्थडचीर गाउँपालिका– ८ का वडाध्यक्ष जयबहादुर मल्लले बताए । उनका अनुसार विवाहमा दुवैतर्फका छिमेकीको बाक्लो उपस्थिति थियो ।
२० मंसिर, २०७६
Share
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरका वित्त विज्ञ, बैंक तथा वित्तीय संघ संस्थाका सीईओ, सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधि गरी ४ सयभन्दा बढीको सहभागिता छ
२० मंसिर, २०७६
Share
डडेल्धुरामा बाैलाहा कुकुरले टोक्दा आठ विद्यार्थीसहित १२ जना घाइते
बौलाहा कुकुरले टोकेर अहिलेसम्म ८ जना विद्यार्थीसहित १२ जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको छ । बौलाहा कुकुरले बिहीबार बिहान आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माध्यमिक विद्यालय आइरहेका आठ जना विद्यार्थीलाई टोकेको विद्यालयका शिक्षक ईन्द्र साउदले जानकारी दिए
१९ मंसिर, २०७६
Share
आगो लगाएर हत्या
उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किंदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाए । हत्यामा उनका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको जिकिर छ
१९ मंसिर, २०७६
Share
बालुवाभित्र सीमा स्तम्भ
उत्तरतर्फका १० वटा सीमा स्तम्भ बालुवाभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपीले जानकारी दिएको छ । सो क्षेत्रमा ३ वटा मुख्यसहित ७ वटा सहायक गरी १० सीमा स्तम्भ छन् ।
१९ मंसिर, २०७६
Share
फोन गर्न दुई घण्टा हिँडेर डाँडामा
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला पनि हो डडेलधुरा । देउवाको जिल्ला भएकाले धेरैको सोचाइमा विकसित जिल्लाका रूपमा लिइन्छ । तर जिल्लाभित्रकै आधालजति नागरिक सञ्चार सुविधाबाटै वञ्चित छन् ।
१८ मंसिर, २०७६
Share
शिक्षा इकाई प्रमुख फर्काइदिन मन्त्रालयमा गुहार
सात महिनाको अवधिमा प्रमुख भट्ट कार्यालयमा ४४ दिन मात्र हाजिर भएका छन् । प्रमुख नहुँदा कार्यालयमा आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।
१८ मंसिर, २०७६
Share
‘अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण’
सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छन्
१८ मंसिर, २०७६
Share
छाउ गोठमा एक युवतीको मृत्युु
आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन् । बिहान साढे ७ बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए
१६ मंसिर, २०७६
Share
उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग
आधुनिक नयाँ प्रविधिको रूपमा ट्रेञ्च विधि, रेजर विधि र चिप कटर (आँख्ले) विधिबाट खेती गर्नका लागि महाकाली चिनी मिल, उखु किसान समिति र कृषि विकास शाखाहरूसँगको समन्वयमा समुदायमा कृषि औजारसमेत वितरण गरिएका छन्
१६ मंसिर, २०७६
Share
नेपाली कागज बिक्री नहुँदा उद्योग नै संकटमा
एक दशकअघिबाट उत्पादन गरेको नेपाली हाते कागजले बजार नपाउँदा नौगाड गाउँपालिका–४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग संकटमा परेको छ
१५ मंसिर, २०७६
Share
बोक्सीको आरोपमा महिलामाथि कुटपिट
बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राति नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ । उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका–९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टि गरे
१५ मंसिर, २०७६
Share
विश्व एड्स दिवस : अछाममा एचआईभी संक्रमण दर घट्दो
विगत ११ वर्षको तथ्यांकअनुसार जिल्लामा एचआईभी एड्सका नयाँ बिरामी फेला पर्ने दरमा निकै सुधार आएकाे स्वास्थ्य कार्यालयले जनाएको छ
१५ मंसिर, २०७६
Share
डोटीको आदर्श नगरपालिका–२ मा नेकपाका बोहरा विजयी
डोटीको आर्दश गाउँपालिका गाउँपालिका–२ कालिकास्थानमा नेपाल कम्युनिस्ट (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्
१५ मंसिर, २०७६
Share