सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने भनिएपनि आवश्यक तयारीका लागि भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।
आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
केन्द्रीय विभाग, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन छलफलमा केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनका लागि सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।
अहिलेसम्म प्रदेश र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, ०५:२१:००