पठाओ नेपालले आफूहरुले ट्याक्सी सञ्चालन नगरेको स्पष्ट पारेको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको भन्दै आमउपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेको हाे ।
पठाओ नेपालले आफूहरुले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो । पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे नीजी सवारी साधनमार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाहकाे पछि नलाग्न आग्रह गरे ।
पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ । कार लाइट सेवाअन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैयाँ ग्राहकलाई लिन गएको, ग्राहकको चाहनाअनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जामलगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, ०४:०२:००