नेपालका क्रिकेट स्टार तथा ग्लोबल क्रिकेट आइकन सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिएको छ । पहिले भिसा दिन अस्विकार गरेको दुतावासले सन्दिपलाई फेरि बोलाएर भिसा दिएको हो ।
मंगलबार विहान सबै डकुमेन्ट पुग्दा पनि सन्दीपलाई भिसा दिइएको थिएन । सन्दीपले परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, अमेरिकी दुतावासलगायतलाई मेन्सन गर्दै भिसा नपाएकोमा गुनासो गरेका थिए ।
त्यसपछि दुतावासले उनलाई बोलाएर विहान असमझदारीका कारण भिसा अस्विकार भएको भन्दै पछि भिसा दिएको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए । बिहान भिसाका लागि अन्तर्वार्तामा बसेका अधिकारीको असमझदारी र मिसकम्युनिकेसनका कारण भिसा अस्विकार भएको हुनसक्ने दुतावासले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६, १२:२४:००