माइतीघरमा सम्झनाको न्यायका लागि प्रदर्शन [तस्वीरहरू]काठमाडौंको माइतीघर मण्डलामा बझाङकी बालिका सम्झना विकको न्यायका लागि प्रदर्शन गरिएको छ२४ असोज, २०७७ Share
डा. केसीको समर्थनमा वसन्तपुरमा दीप प्रज्ज्वलन [तस्वीरहरू]चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग राख्दै काठमाडौंको वसन्तपुर डबलीमा दीप प्रज्ज्वलन गरिएको छ२२ असोज, २०७७ Share
रङ्ग्याइँदै बिजुलीबजारको आर्कब्रिजबिजुली बजारस्थित धोबी खोलामा आर्कब्रिजको रङरोगन कार्य धमाधम हुँदै छ । बेलुका बत्ती बलेपछि यो ब्रिज अझ आकर्षक देखिन लागेको छ । सेल्फी खिच्नेहरूका लागि त यो पुल हटस्पट बन्दै गएको छ । तर, मजदुर सुरक्षाका मापदण्डबिना ज्यान जोखिममा राखेर यो पुलको रङराेगन गर्न ब्यस्त देखिन्छन् । हेर्नुहाेस् तस्वीरहरू:१४ असोज, २०७७ Share
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर]अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डा. केसीका समर्थकले उनका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन माइतीघरमा दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरूले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । जुम्लामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो । उनले टिचिङ अस्पतालबाट आफ्नो अनशन जारी राखेका छन् । मेडिकल क्षेत्रका विकृतिविरूद्ध आवाज उठाउँदै आएका डा. केसीको यो १९औँ अनशन हो ।१३ असोज, २०७७ Share
विमानस्थलमा चहलपहलकोरोना भाइरस (कोभिड- १९) महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । आन्तरिक हवाई सेवा खुल्ला भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा चहलपहल बढेको छ । आवश्यक सुरक्षाका मापदण्ड अपनाएर यात्रा सुरु गरिएको हो । आन्तरिक विमान सेवा खुलेपछि यात्रुहरू खुसी देखिन्थे । चहलपहलले विमानस्थलमा रौनकता छाएको छ । हेर्नुहोस् तस्वीर:५ असोज, २०७७ Share